२६ जेष्ठ २०७८, बुधबार

कञ्चनपुर । कञ्चनपुर जिल्लामा २०४० सालमा हात हतियार देखाएर लुटपाट गरेर फरार भएकालाइ प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलौरी नगरपालिका वडा नम्बर २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई ३८ वर्षपछि उनकै घरबाट पक्राउ गरेको हो ।

२०४० साल पुस १० मा बेलौरी नगरपालिकामा रहेको लारी डिस्टिलरीबाट अन्तःशुल्क वापतको सरकारी रकम पुनर्वास नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा साविक लक्ष्मीपुर र त्रिभुवन बस्ती गाविसको बीचमा पर्ने जंगलमा बन्दुक, बन्चरो लगायतका हतियार देखाएर लुटपाट गरी फरार भएका लुहारलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागु औषध दुव्यसनलाइ रोक्न र फरार अभियुक्तलाइ पक्राउ गर्नमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV