२६ जेष्ठ २०७८, बुधबार

काठमाडौं । संवैधानिक इजलाशको आजको बैठकमा वरिष्ठतम् न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले राय पेश गर्ने हुनुभएको छ ।

पुनर्गठित इजलाशमा रहेका न्यायाधीश कार्की र भट्टराईको विषयमा सरकारपक्षले प्रश्न उठाएपछि त्यसबारे आज उहाँहरूले आफ्नो राय राख्न लाग्नुभएको हो ।

प्रतिनिधि सभा विघटन र संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति विवादको विषयमा दायर ३० वटा रिट संवैधानिक इजलाशमा छन् । शुरूमा रिट निवेदक पक्षले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई हटाएर वरिष्ठताका आधारमा इजलाश गठन गर्नुभएको थियो ।

अहिले संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू कार्की, मिरा खड्का, भट्टराई र इश्वर खतिवडा छन् । आज दुई न्यायाधीशले राय राखेपछि इजलाश मूल मुद्दामा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV