२६ जेष्ठ २०७८, बुधबार

महोत्तर । महोत्तरीमा महिलामाथि हुने हिंसाको घटना बढ्दो छ । यसमा सबैभन्दा बढी युवती र बालिकाहरु पर्दै आएका छन् । शारीरिकरुपले पूरै अशक्त र बोल्न पनि नसक्ने एक युवतीमाथि बलात्कार भएको घटना सेलाउन नपाउँदै अर्की एक बालिका पनि यौन दुव्र्यवहारको शिकार बनेकी छिन् ।

गत बैशाख २६ गते २० बर्षीया अपाहिज युवतीमाथि बलात्कार गर्ने पीडक अझै पक्राउ पर्न नसक्दा भएको अर्को घटनाले स्थानीयवासीलाई चिन्तित बनाएको छ ।

बलात्कारमा संलग्नलाई पक्राउ गर्न प्रहरी प्रशासनले देखाएको उदासिनता मात्र नभइ यौन दुव्र्यवहारको उजुरी समेत नलिने र बलात्कारी बचाउन स्थानीय अगुवा, जनप्रतिनिधि र तराई मधेशमा व्याप्त तथाकथित पञ्चायती भारदारी सभा सक्रिय बन्ने गर्दा युवती र किशोरी निरन्तर शिकार बनिरहेका छन् । महोत्तरीमा बढ्दो घटनाको कारक पनि यही मानिएको छ ।

घर बाहिर निस्कन नसक्ने अवस्थामा बालिकाहरु

्महोत्तरी एक महिना नवित्दै यौन दुव्र्यवहारका घटना फेरि दोहोरिन थालेका छ्न् । गत जेठ १७ गौशाला नगरपालिका वडा नं. ७ जमुनियाँका एक ११ बर्षीया वालिका यौन दुव्र्यवहारको शिकार बनिन । बलिकाको आफन्तले घटनाको उजुरी दिन जाँदा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ । गत जेठ १७ गते स्थानीय एक ११ बर्षीया वालिकालाई अश्लिल हर्कत गरेको भन्दै पीडितपक्षले दिएको जाहेरी प्रहरीले अझै दर्ता गरिएको छैन ।

भाईसँग तरकारी टिप्न गएको समयमा खेतमा छिमेकी विजय पासवानले आफुमाथि अश्लिल हर्कत गरेको पीडित युवतीले बताएकी छिन । अर्धनग्न अवस्थामा रहेका पासवानले आफुलाई उखुवारीमा लैजाने प्रयास गरेपछि ईटा भट्टामा काम गर्ने मजदुरहरुले आफुलाई बचाएको पीडित बालिकाको भनाइ छ ।

यौन दुव्र्यवहारको उजुरी नै लिन मान्दैन प्रहरी

पीडित बालिकाले घरपरिवारलाई घटनाको वृतान्त सुनाएपछि उनकी आमाले स्थानीयको सहयोगमा प्रहरीमा उजुरी दिएकी थिइन । पीडित पक्ष प्रहरी चौकी मगरथानामा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको पीडितका वुवा किशुनदेव कुमारले बताएका छन । आफुहरु न्यायको प्रतीक्षामा रहेकोले न्याय दिलाउनका लागि उनले मानवअधिकारकर्मीसमक्ष आग्रह गरेका छन ।

यस्ता प्रवृतिका मानिसहरुलाई बचाउने प्रयास गर्नु अपराध गर्नेको मनोबल बढने स्थानीयको गुनासो छ ।

अपांग युवतीमाथि बलात्कार गर्ने दोषी अझै फरार

महोत्तरीमा एक २० वर्षीया अपांग युवतीमाथि बलात्कार गरी एक युवक फरार भएका छन् । तर प्रहरीले ती बल्तकारीलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । फरार हुनेमा महोत्तरीको बलबा नगरपालिका वडा नम्बर ११ बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेख छन् ।

उनले सोही ठाउँ बस्ने शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेकी एवं पूर्ण अशक्त, हातखुट्टा बांगो भएको तथा हिँडडुल गर्न र बोल्न पनि नसक्ने एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।

घटना दबाउन गाउँका अगुवा सक्रिय

शेखले गएको वैशाख २६ गते ती अपांग युवतीलाई बलात्कार गरेका हुन् । उक्त घटनालाई गाउँका केही अगुवाहरु र वडा सद्स्य मुुस्ताफा सेखले गाउँमै मिलाउन पीडित परिवारलाई दबाब दिदै आएका छन् ।

यद्यपि, पीडित परिवारजनले नमानेपछि आरोपी अहिले फरार छन् । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने पीडकको खोजी भइरहेको दाबी गरेपनि पीडित परिवारले भने खोजीकार्यमा प्रहरीले आलटाल गर्दै आएको बताएको छ ।

यसरी भएको थियो त्यो घटना

कोरोना महामारीको दोश्रो लहरसंगै महोत्तरीमा वैशाख २१ गते मध्यराति देखि निषेधाज्ञा सुरु भयो । घटना वैशाख २६ गतेको हो । बाहिर सबै तिर बन्दाबन्दी माहोल रहेको बेला पीडितका बुवाले आफ्नो खेतमा रहेको गहुँवाली थ्रेसर मेसिनले काटीदिन रजा उल्लाह शेखलाई भनेका थिए ।

शेषले भने बमोजिम गहुँवाली काटिदिए । काम गरेको ज्याला दिन पीडितको बुबाले शेखलाई बजारमा बोलाए । तर आमा पनि खेतमा गएको मौका छोपेर शेख घरमा पुगेर ति अपांग युवतीलाई बलात्कार गरेर फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV