२५ जेष्ठ २०७८, मंगलवार
  • युवराज आचार्य,

झापा । झापामा पछिल्लो २४ घण्टामा थप २७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएकाहरूमा पीसीआर परीक्षणतर्फ २२८ जना र एन्टिजेन परीक्षणतर्फ ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

योसँगै झापामा कुल संक्रमितको संख्या पीसीआर तर्फ ११ हजार ७८३ जना र एन्टिजेन तर्फ १ हजार ३०२ रहेको छ । निको हुनेको संख्या ७ हजार २४९ जना रहेको कोभिड फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । जसमा ३ महिला र ३ पुरुष रहेका छन् । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ सय ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV