२५ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सबै नागरिकलाई कोरोना बिरूद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री तामाङले सबै नागरिकको जिवनरक्षाको जिम्मेवारी सरकारको भएको भन्दै सबै नागरिकलाइ खोपको पहुँच पुराउने बताउनुभएको हो ।

उहाँले खोपको सहज उपलब्धता नभएसम्म नागरिकले सतर्कता अपनाउनुपर्ने धारणा राख्नुभयो । उहाले देशैभरि अक्सिजनको अभाव हुन नदिने पनि बताउनुभयो ।

मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद समेत दिनुभयो ।

मन्त्री तामाङले उक्त सामूदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमा आले मगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV