२५ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । केएल दुगड समूहले बिराटनगरस्थित बिराटनगर बसपार्कमा कार्यरत मजदुरहरुलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्रीहरु बितरण गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा कोरोना महामारीले गर्दा बसपार्कमा दैनिक ज्यालादारी गर्दै आएका मजदुरहरुलाई राहत स्वरुप खाद्य सामग्री वितरण बितरण गरिएको हो । यही २४ गते मात्रै १०० जना मजदुरहरुलाई खाद्य सामग्री बितरण गरिएको थियो ।

केएल दुगड समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक ४०० जना बिरामी कुरुवाहरुलाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ । उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहने बताइएको छ ।

त्यस्तै यो समूहले नेपालगन्जस्थित भेरी अस्पतालमा सन्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको छ । उक्त सहयोगले उक्त अस्पातलमा सन्चालित भोजन जम्मा २० रुपैयाँमा खाना उपलब्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV