२५ जेष्ठ २०७८, मंगलवार
  • तारा आचार्य,

विराटनगर । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सुनसरीका सवारी चालक विराटनगरमा गाडीभित्र मृत अवस्थामा फेला परेका छन् ।

उदयपुरको बेलका नगरपालिका घर भइ विराटनगरको पुष्पलालचौकमा डेरा गरि बस्दै आएका चालक राजु ढकाल मंगलबार दिउँसो गाडीमा बेहोस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटना स्थल पुगेर ढकालको उद्दार गरि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको लागि पु¥याएको थियो । अस्पताल पु¥याउने बितिक्कै चिकित्सकले चालक ढकाललाई मृत घोषणा गरेको मोरङ डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनलाई आफैँले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको सरकारी गाडीमा बेहोस् अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सडकको छेउमा रोकेर राखिएको गाडीको ढोका बन्द गरिएको थियो । त्यस्तै झ्यालका सिसा पनि बन्द गरिएको र चालक सिटमा सुतिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV