२५ जेष्ठ २०७८, मंगलवार

पाल्पा । हेफर ईन्टरनेशनल नेपालले पाल्पाका जिल्लाका ५ वटा स्थानीय तहहरुलाई कोभिड आपतकालिन सहयोग रकम हस्तान्तरण गरेको छ ।

जिल्लाको रिब्दीकोट,तिनाउ रैनादेवी छहरा, माथागढी, रम्भा गाउपालिका र तानसेन नगरपालिकालाई कोभिड आपतकालिन सहयोग अन्तर्गत ९९ लाख ५० हजार रकम हस्तान्तरण गरेको हो ।

सोमवार तानसेन नगरपालिकामा आयोजित एक कार्यक्रमका विच स्थानीय तहहरुका प्रमुखहरुलाई हेफर इन्टरनेशनलका कार्यक्रम संयोजक अनन्त सिलवालले सहयोग रकम हन्तान्तरण गर्नुभएको छ ।

कोरोना संक्रमण संग जुधिरहेका स्थानीय सरकारहरुलाई थप सहयोगका लागि आपतकालिन सहयोग गरिएको हो । तानसेन नगरपालिकालाई ४० लाख, रम्भा गाउपालिका र रिब्दीकोट,तिनाउ गाउपालिकालाई १५, १५ लाख, माथागढी गाउपालिकालाई १० लाख र रैनादेवी छहरागाउपालिकालाई ४ लाख ५० हजार चेक हस्तान्तरण गरिएको हेफर इन्टरनेशलका कार्यक्रम अधिकृत विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सहयोग हस्तान्तरण गर्दै हेफर इन्टरनेशनलका कार्यक्रम संयोजक अनन्त सिलवालले जनताको आम्दानी आयश्रोत वृद्धी र सामाजिक सवलिकरणका क्षेत्रमा क्रियाशिल हेफरले आफैले विपत व्यवस्थापनको क्षेत्रमा काम गर्नुको साटो स्थानीय सरकारहरुलाई सहयोग गरेको बताउनुभयो ।

“स्थानीय सरकारहरु विपत व्यवस्थापनको क्षेत्रमा खटिरहनुभएको छ, हाम्रो सानो सहयोगले आम जनताको जिवन बचाउन सहयोग पुग्छ भनेर सहयोग गरेका हौं । ” संयोजक सिलवाल भन्नुहुन्छ । सिलवालले पाल्पा जिल्लाका १० वटै स्थानीय सरकारहरुलाई सहयोग गरिने बताउदै हेफर संग नेपाल गर्भमेन्ट पाटर्नरसिप प्रोग्राम लागु भएका स्थानीय तहहरुलाई १५ लाख र लागु नभइसकेका स्थानीय तहहरुलाई थोरै रकम हस्तान्तरण गरिएको उल्लेख गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वोल्दै तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले कोभिडको संकटमा एक्लो नभएको महसुस भएको बताउदै, हेफरको सहयोगले अप्ठेरोसंग जुध्ने आँट थपिएको बताउनुभयो ।

साझेदारी सस्था ग्रामिण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले पाल्पाका जनप्रतिनिधिहरुको सकारात्मक सोच र हेफरको माध्यमबाट पाल्पामा गरिएका क्रियाकलापको नतिजाका कारण पाल्पामा अन्य जिल्लाको तुलनामा वढी सहयोग रकम आएको बताउनुभयो ।

हेफर इन्टरनेशलको सहयोग रकमबाट स्थानीय सरकारहरुले कोभिड व्यवस्थापनमा खर्च गर्न सक्नेछन् । दिर्घकालिन प्रयोग हुने अक्सिजनहरु, कन्सनटेटर, भ्यान्टिलेटर जस्ता उपकरण खरिद गर्न सक्ने हेफरले जनाएको छ ।

हेफर नेपालका कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेयका अनुसार पाल्पा जिल्लाभरका १० वटै स्थानीय तहका लागि १ करोड ४९ लाख रुपैयाँ बितरण गरिने छ । आठ वटा स्थानीय तहमा हेफर नेपालको कार्यक्रम अघि बढेको हो भने दुई वटामा प्रक्रियामा रहेको छ ।

तानसेन नगरपालिका ४० लाख, रामपुरनगर पालिका, पूर्वखोला, निस्दी, रिब्दीकोट र रम्भालाई १५ लाख, माथागढी १० लाख, बगनासकाली र रैनादेवीलाई ४ लाख ५० हजारको दरले विनियोजन गरिएको हेफरले जनाएको छ । यो वर्ष हेफरले लुम्बिनी प्रदेशमा ५ करोड ३ लाख रुपैयाँ बितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV