२५ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार १०० रुपैयाँमा पुगेको हो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV