
काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले निषेधाज्ञाको समयमा तोकिएको समय बाहिर पसल खोलेको भन्दै भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने भएको छ ।
बिहान ९ बजेसम्म मात्रै खाद्यपसल संचालनका लागि समय दिइएपनि भाटभटेनी कोटेश्वर शाखामा दिउँसो खुला गरिएको भन्दै काठमाडौं जिल्ला प्रशासनले जरिवाना तिराउने भएको हो ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार छड्के अनुगमन गर्दा दिउसो भाटभटेनीले सामान विक्री गरिरहेको पाइएपछि त्यहाँका म्यानेजरलाई समेत पक्राउ गरिएको छ । त्यसपाछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई ४ लाख जरिवाना तिर्न आदेश दिनुभएको हो ।
कोभिड-१९ संकट व्यवस्थापन, अध्यादेश २०७८ मा निषेधाज्ञा उल्लघंन गर्नेमाथि प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने व्यवस्था गरिएको छ ।
सो व्यवस्थामा अवस्था हेरेर १ लाख देखि ५ लाखसम्म जरिवाना तिराउन सक्ने उल्लेख गरिएको छ ।