२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्रदेशलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा माओवादी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीबिरुद्ध केन्द्रदेखि स्थानीय तहसम्म अभियानात्मक रुपमा संघर्षमा सहभागी हुने निर्णय गरे अनुरुप स्वास्थ्य सामग्री बितरण गरिएको माओवादी केन्द्रले जनाएको छ ।

चीनबाट प्राप्त एन ९५ माक्स १ लाख र अक्सिजन जेनेरेटर २० वटा, माओवादी प्रवास समन्वय कमिटीबाट प्राप्त एन्टिजेन, थर्मल गन, अक्सिमिटर, अक्सिजन सिलिण्डर, पीपीई सेट र स्वास्थ्य विभागबाट प्राप्त सर्जिकल माक्स, सेनिटाइजर, फेस सिल लगाएतका स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।

माओवादी केन्द्रले कोरोना महामारीको बिषम परिस्थितिमा आम जनस्वास्थ्यमा गम्भीरतापूर्वक ध्यान पु¥याउन सम्बन्धित निकायहरुको पनि गम्भीर ध्यानाकर्षण गराएको छ ।

 

LIVE TV