२४ जेष्ठ २०७८, सोमबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले लिखित जवाफ फर्काउने भएका छन् ।

प्रधानमन्त्री ओलीले ६ बुँदेमागसहित आफूँ पार्टी एकता गर्न तयार रहेको बताए पनि नेपालले उक्त बुँदामा जालझेलपूर्ण रहेको भन्दै आज सोमबार नै लिखित जवाफ फर्काउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि नेपालसँग ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेका छन् ।

तर, नेपाल पक्षले प्रधानमन्त्री ओलीको प्रस्तावको बुँदा बुँदा केलाएर जवाफ दिने तयारी गरेको छ । साथै, उक्त प्रस्ताव एकताका लागि नभएर जालझेलपूर्ण ल्याएको भन्दै अब बुँदा बुँदा केलाएर त्यसको जवाफ दिन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV