२३ जेष्ठ २०७८, आईतवार
  • प्रेम सुनार,

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले पाँचौ पटक निषेधाज्ञा थप गरेको छ । योसँगै गुल्मीमा जारी निषेधाज्ञा जेठ ३१ गते राति १२ बजेसम्मका लागि लम्बिएको छ ।

यस अगाडि चौथो पटकको निषेधाज्ञाको म्याद जेठ २४ गते सोमबार राति १२ बजेसम्म रहेको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचना जारी गर्दै कोरोना संक्रमण जोखिम नघटेको भन्दै जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी गराए ।

यसका साथै निषेधाज्ञाको पूर्ण पालना गर्नका लागि पनि आग्रह गरिएको छ । निषेधाज्ञाको आदेश उल्लंघन गर्नेलाई कोभिड–१९ संकट ब्यवस्थापन सम्बन्धमा ब्यवस्थापन गर्न बनेको अध्यादेश–२०७८, तथा स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV