२३ जेष्ठ २०७८, आईतवार

तारा आचार्य,

विराटनगर। माओवादी केन्द्रले प्रदेश नम्बर-१ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश सभा सचिवालयमा दिएका हुन्।

सर्वाेच्च अदालतले नेकपाबाट पूर्वनेकपा एमाले-माओवादीमा पूर्ववत् रुपमा फर्काएको ३ महिनापछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल खेमाका मन्त्रीहरु सरकारबाट बाहिरिएर त्यसविरुद्ध सडकमा उत्रिएका थिए। पछि सर्वाेच्च अदालतले नेकपाको एकता भंग गरेर दुवैलाई पूर्ववत् रुपमा फर्काएको थियो ।

समर्थन किन फिर्ता ?

माओवादी केन्द्रले सरकारका गतिबिधिविमा प्रश्न गर्दै बजेट अधिवेशनको पूर्वसन्ध्यामा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

कोरोना महामारीका समयमाय सरकारले कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन फिर्ता लिएको बताइएको छ ।

आउँदो सोमबार प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको छ। तर, त्यसअघि नै माओवादीेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV