२३ जेष्ठ २०७८, आईतवार

काठमाडौं । कोका–कोलाले नेपालमा वल्र्ड विदआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाउदै विश्वकै सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमको दोस्रो संस्करण “सफा हिमाल अभियान–२०२१” को समापनको घोषणा गरेको छ ।

२७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरीर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको छ । साथै, थप सेग्रिगेशन र रिसाइक्लिङको लागि काठमाडौंमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको छ ।

हिमाल सफा अभियानका निर्देशक, नेपाली सेनाका ब्रिगेडियर जनरल हिमांशु खड्काले भने, “नेपाली सेनाको नेतृत्वमा र नेपाली सरकारको पहलमा सफा हिमाल अभियान २०२१ को २७.६ टनको फोहोर र चारवटा शवहरु विभिन्न हिमालहरुबाट निकालिएपछि सफलतापूर्वक सम्पन्न भयो । यो अभियान कोभिड–१९ महामारी र दुई वटा साइक्लोन टाउक्टे र यासको बावजुद सफल भयो ।’

उनले थप भने, ‘यो हाम्रो इन्भाइरोमेन्टल्ली रेस्पन्सिबल पार्टनरहरुको अटुट समर्थनका कारण सम्भव भएको हो । भविष्यको लागि हिमालहरु संरक्षण गर्न सफा हिमाल अभियानलाई निरन्तर रुपले समर्थन गरेकोमा हामी कोका–कोला प्रति आभारी छौँ ।’

नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाहरुको सहयोगमा रहेको अभियानको मूल उदेश्य भनेको हिमालहरुको संरक्षण गर्नु र देशको ६ वटा उच्च चुचुराहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई पनि कम गर्नु हो । कोका–कोलाले नेपालको प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्येश्यले सन् २०१९ मा स्थापना भएदेखि हिमालय सफाई अभियानलाई सहयोग गर्दै आएको छ ।

वल्ड विथआउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको थियो । उक्त कार्यक्रम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिङको बराबरको संकलन र रिसायकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो ।

नेपालमा कम्पनीले स्थानीय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिङ पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरु र स्थानीय समुदायहरुलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच गरेको छ ।

बीएनएलले दीगोपनका लागि गरेका प्रयासहरुको बारेमा बोल्दै बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “फोहोर व्यपस्थापनको क्षेत्रमा हामीले जिम्मेवारी व्यवस्थापनको चुनौतिलाई आवश्यक पर्ने गति प्रदान गर्न र पिईटी बोतलहरु रिसाइकल गर्न धेरै पहल गरेका छौँ । हिमाल सफाई अभियान र रणनीतिक स्थानहरुमा सूभनामूलक पीईटी संकलन विनहरुको स्थापना जस्ता विभिन्न कार्यव्रmमहरु मार्फत हामीले समुदायमा फोहोर अलग्याउने, प्याकेजिङ र रिसाइक्लिङ सम्बन्धी जागरुकता सिर्जना गरेका छौँ ।”

पीईटी फोहोरको रिसाइकलको समाधान खोज्न बहु–सरोकारवाला दृष्टिकोण अनुकरण गर्न कोका–कोलाले स्थानीय नगरपालिका, व्यवसायहरु, नागरिकहरु र फोहोर उठाउनेहरुसँग हातेमालो गरेको छ । कम्पनीले संकलन र रिसाइक्लिङ प्रणाली निर्माण र तीव्र गर्न लक्षित रहेको ग्लोबल इनिसिएटिभ्सबाट पाठ सिकेको जनाएको छ ।

नेपालका कोका–कोलाका कन्ट्री निर्देशक आदर्श अवस्थीले भने, “हाम्रो कार्यव्रmम वल्ड विथआउट वेस्ट नेपालको एक प्रमुख कार्यव्रmम हो जहाँ हामी हाम्रो प्याकेजिङ डिजाइनलाई पुनर्विचार गर्दछौँ र हाम्रो प्रयोग गरिएको प्याकेजिङ संकलन गर्ने तरिकालाई नवीन बनाउदछौँ अनि प्याकेजिङ रिसाइकल्ड भएको सुनिश्चित गर्न संगै काम गर्दछौँ । हामीले प्लास्टिक शरकुलर अर्थव्यवस्थालाई लागु गर्न र रिसाइक्लिंगलाई नेपालमा बढावा दिन उद्योगका साथीहरु, पर्यावरणविदहरु, सरकार र नागरिक समाज संगठनहरुसँग साझेदारी गरेका छौँ ।”

कोका–कोलाको साझेदारीले समुदायको नेतृत्वमा इन्टिग्रेटेड प्लास्टिक फोहोरको प्रबन्ध प्रणाली निर्माण गर्न, इफिसियन्ट रिसाइक्लिङलाई बढावा दिन र फोहोर उठाउने कामदार समुदायको उत्थान गर्ने काम गरिरहेको छ ।

LIVE TV