२३ जेष्ठ २०७८, आईतवार

विराटनगर । बजेट अधिवेशन गर्ने लक्ष्य सहित निर्माण थालिएको प्रदेश १ को प्रदेश सभा भवनको निर्माण कार्य पुरा नहुदा जेठ २५ गते पुरानै भवनमा बजेट अधिवेशन हुने भएको छ ।

गत फागुन मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य सहित प्रदेश सरकारको सहयोगमा गत असोज १ गते देखि प्रदेश सभा भवनको निर्माण थालिएको हो ।

करिब २ करोड ५१ लाख ८२ हजार रुपैयामा निर्माण कार्य सम्मपन्न गर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण निर्माणमा ढिलाई भएको शहरी विकास तथा भवन कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश सभा भवन निर्माणको अन्तिम चरणमा पुगेको र एसि लगाउने, रंगरोगन गर्ने र सिट व्यवस्थापन गर्ने कार्य बाकी रहेको भए पनि बजेट अधिवेशन भने सो भवनमा संचालन हुन नसक्ने भएको छ ।

भवनको निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको सो कार्यालयले जानकारी दिएको छ । यहि असार १ गते प्रदेश सरकारको बजेट घोषणा गर्ने संवैधानिक बाध्यता रहेको छ ।

कोरोना माहामारीका कारण प्रि बजेट छलफल नगरी जेठ २५ गते देखि बजेट अधिवेशन सुरु हुदैछ प्रदेश सभा नयाँ भवन निर्माण सम्पन्न नभएका कारण पुरानै भवनमा बजेट अधिबेशन गर्ने तयारी भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV