२३ जेष्ठ २०७८, आईतवार

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्नहरुको नाउँमा भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले एक सूचना गरेको छ । उक्त प्रकरणमा मुछिएकामध्ये ४९ जनाविरुद्ध कार्यालयले २१ दिनभित्र जवाफ पेस गर्नेबारे सूचना गाेरखापत्रमा प्रकाशित गरेको हो ।

यसअघि गत चैत्र २० गते भूमिसुधार कार्यालयद्वारा जारी एक आदेशअनुसार निज ४९ जनाको घरमा सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेकोले पत्रिकामा सूचना प्रकाशित गर्नुपरेको जनाइएको छ । यही सूचनालाई आधार मानेर उनीहरुलाई २१ दिनभित्र सो जग्गा किन सरकारको नाममा नल्याउने भन्नेबारे कारण पेश गर्न भनिएको छ । सम्बन्धित जग्गा आफ्नो नाममा रहेकाहरुले २१ दिनभित्र जवाफ नदिएमा उक्त जग्गा स्वतः सरकारको नाममा नामसारी हुने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना-

LIVE TV