
झापा । झापाको कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल ६ का ४० वर्षीय डोलु आलम मिया रहेका छन् ।
शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न आएका आलम कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागी गम्भिर घाईते भएका थिए ।
उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।