२२ जेष्ठ २०७८, शनिबार

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विराेधीहरू कसरी एकै सरकारमा गए भनेर प्रश्न उठाएका छन् ।

जसपाकै अर्काे खेमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा गएपछि डा. बाबुराम भट्टराईले उक्त प्रश्न गरेका हुन् । ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी  कसरी जोडियो ?’ भनेर पनि उनले प्रश्न गरेका छन् ।

शनिबार एक  ट्वीट गर्दै डा भट्टराईले लेखेका छन्,  ‘यक्ष प्रश्न- संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो ?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुखुण्डो उत्रिएन त ?’

प्रतिक्रिया दिनुहोस्
LIVE TV