२१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्ष ओली सरकारमा सहभागी हुने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन् ।

केही बेरमा सपथ ग्रहण कार्यक्रम रहेको छ । जसपाको ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर पनि गर्ने भएका छन् ।

अब उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मन्त्रीबाट बाहिरिने भएका छन् ।

उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी एमालेका रघुबीर महासेठ र उपप्रधानमन्त्रीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल बन्ने भएका छन् ।

साथै, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ भने यथास्थितिमा रहने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने माधव नेपाल समूहबाट केही समयमघि पुनः ओली समूहमै फर्किएका शेरबहादुर तामाङलाई दिन लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV