२१ जेष्ठ २०७८, शुक्रबार

 मुलुक संघीयतामा गइसकेपछि विस्तारै विभिन्न विकासहरु लहरहरु पनि गाउँ–गाउँमा पुग्दैछन् । तर, विगत डेढ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण मुलुकभरको विकास निर्माणका कामहरु प्रायः शून्य जस्तै बनेका छन् ।

यसैबीच बागमती प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङको धुनिवेशी नगरपालिकामा हालसम्म भएको बिकास, कोरोनाका कारण ठप्प भएको विकास निर्माण र कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि के–कस्तो पहलहरु भइरहेको छ ? भन्ने विषयमा आशुतोष अर्यालले धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यसँग कुराकानी गरेका छन्…

तपाईहरु निर्वाचित भएर आउनु भएपछि आम जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने खालका के–के काम गर्नु भयो ?

हामी निर्वाचित भएर आएपछि जनतालाई प्रत्यक्ष प्रभाव पार्ने खालका धेरै कामहरु गरेका छौं । यो ४ वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, खानेपानीमा ठूलो फड्को मारेका छौ । नागरिकहरुलाई स्वास्थ्य खानेपानी ख्वाउनका डीप बोरिङ्ग मार्फत खानेपानी वितरण सुरु गरेका छौं ।

६० प्रतिशत नागरिकका घरमा हामीले ‘१ घर धारो’ अनुरुपको खानेपानी वितरण गरेका छौं । हामी निर्वाचित हुनु भन्दा अगाडि हाम्रो पालिकामा तीन वटा मात्र स्वास्थ्य केन्द्र थियो । ल्याब, एक्स–रे मेसिन नभएको अवस्थामा हामी निर्वाचित भए लगत्तै तीन वटा ल्याब एक जना एमबीबीएस डाक्टरसहितको सेवा सुरु गरेका छौं ।

नगरपालिकाको विकास निर्माणका काम कसरी अगाडि बढिरहेको छ ?

जनातले प्रत्यक्ष देख्ने विकास भनेको पूर्वाधार रहेछ तर, हामीले पूरा गर्नुपर्ने गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, शुद्ध खानेपानी हो । जनता बिरामी हुदाँ उपचार नपाउने अवस्थामा हामी विकासको नाममा सडक निमार्ण गरिरहेको हुन्छौं ।

हाम्रो विकासको प्राथमिकता सडकसँग सँगै शिक्षा स्वास्थ्यलाई अगाडि बढाइरहेका छौ । सबै वडाहरुमा सडक पुर्याइसकेका छौ । पालिकाको आधुनिक प्रशासनिक भवन निर्माण गरिरहेका छौ । कुनै पनि सरकारी कार्यालयहरु भाडामा बस्न हुदैन भनेर हामी आवश्यक पूर्वाधार निर्माण गरिरहेका छौ ।

कोरोना कालमा के–के कठिनाई भोग्दै हुनुहुन्छ ? कोरोनाबाट विस्थापित भएका नागरिकहरुलाई पुन.स्थापित गर्ने योजना कस्तो छ ?

विश्व नै अप्ठ्यारो परेको अवस्थामा हामी अप्ठ्यारोमा नपर्ने कुरै भएन । हामी एकदमै असहज अवस्थामा काम गरिरहेका छौ । हाम्रो नगरपालिका नयाँ भएकाले गाँउपालिकाको भन्दा कम आयश्रोत छ । २४ घण्टा डाक्टरसहितको सेवा दिइरहेका छौ ।

कोभिड बिरामीहरुका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिण्डरहरु भरेर तयारी अवस्थामा राखेका छौ । कोभिड संक्रमित नागरिकहरुलाई स्वास्थ्यकर्मीसँग जुनसुकै बेला समन्वय गर्न सकिने व्यावस्था मिलाएका छौ ।

नगरबासीहरुलाई रासन होइन काम दिने उदेश्यसहित स्थानीयस्तरमा निर्माण भइरहेको निर्माण कार्यहरुलाई रोकेका छैनौ । राज्यले निःशुल्क उपलब्ध गर्ने औषधिहरुको अभाव हुन दिएका छौनौ । कोरोनाबाट कोही विस्थापित हुने अवस्था आएमा हामी सहयोग गर्न तयार छौ ।

गत वर्ष पनि विदेशबाट रोजगारी गुमाएर आएका युवाहरुलाई २ लाख ५० हजार अनुदान दिएको थियौ । हाम्रो उर्वरभूमिमा १ गाई, भैसी पालेर पनि गुजारा गर्न सकिन्छ यस्तो ठाँउमा कोही पलायन हुन पर्दैन ।

बाहिर के हल्ला जान्छ भने रोजगारी गुम्यो खान पाइएन भन्ने सुनिन्छ तर हनमलिे रासन दियौ भने बजारबाट मासु लगेर खानुहुन्छ । भोलिदेखि रासन सकिदै छ भने आजै खबर गर्नुस् हामी आजै रासनको व्यावस्था गर्छौ । भोकै बस्न र व्यावसायबाट पलायन हुन नदिन नगरपालिकाको क्षमताले भ्याएसम्म हामी तयार छौ ।

तपाईहरुले चुनावको बेलामा बोल्नु भएको र घोषणापत्रमा जारीगर्नु भएको कुरा कत्ति पूरा भयो ?

मैले चुनावको बेलामा आफूले गर्न नसक्ने र महत्वकांक्षी राख्ने खालका कुराहरु बोल्ने मेरो बानी पनि छैन र बोलेको पनि छैन । बोलेको योजनाहरुका नगरवासीहरुलाई पानी ख्वाउछु भनेको थिए । एउटा गाँउ बाहेक बाकी गाँउहरुमा खानेपानीको व्यावस्था गरिसकेकका छौ ।

बाँकी गाँउमा गत वर्ष काम सुरु गर्ने बेलामा कोभिडको लहर आयो । गाँउ–गाँउमा मोटरबाटो पुर्याएको छौ । फोहोर व्यास्थापनमा केन्द्र सरकारको लापरवाहीको कारण धनिवेशीका जनताहरुले सास्ती व्योहोर्न परिरहेको छ ।

यो वर्षबाट हामीले फोहोर नबालौ, फोहोर नफालौ स्वच्छ नागरिक बनौ भन्ने नाराका साथ राष्ट्रिय राजमार्गहरुमा फोहोर व्यावस्थापनको सुरुवात गरेका छौ ।राज्यले सम्मान गरेका जेष्ठ र अपाङ्गता भएको नागरिकहरुको सम्मान स्वारुप वृद्ध विश्राम स्थल निर्माण गरिरहेका छौ ।

तपाईको पालिकालाई आम मानिसले चिन्ने विशेषता के हो ? पालिकाभित्र भएका पर्यटकीय ठाउहरुको प्रवद्र्धन र संरक्षणमा के–के काम गर्नु भयो ?

हाम्रो पालिकामा परिचित ठाँउहरु तीनछाङग्रे झरना, महेश नारायण गुफा कोरा कालिका मन्दिर, बच्छलादेवीको मन्दिर, सेतीदेवी लगायत स्थानहरु रहेका छन् । यी मठ मन्दिर र पर्यटकीय स्थानहरुको संरक्षणमा पार्कको निर्माण महेश नारायण गुफासम्म पुग्नका लागी मोटरबाटो निर्माण गरिरहका छौ ।

तपाईले धुनिवेशी नगरबासीका लागि देख्नु भएको सपना कस्तो छ ?

मेरो सपना स्वास्थ्य, गुणस्तरीय शिक्षा र शुद्ध खानेपानीबाट कोही नागरिक बञ्चित हुन नपरोस् भन्ने हो । केही ठाँउमा बाहेक सबै क्षेत्रमा हामीले यी सेवाहरु पुर्याइसकेका छौ । बाँकी ठाँउहरुमा पनि मेरो कार्यकाल भरी पुर्याउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV