२१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष ओली सरकारमा जाने पक्का भएको छ । ओली सरकारमा जाने मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको बताइएको छ ।

जसपा स्रोतले बताएअनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको हो । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया पनि मन्त्री बन्ने भएका छन् ।

कस्ले कुन मन्त्रालय सम्हाल्दै छन् :

राजेन्द्र महतो : उपप्रधान तथा शहरी विकास मन्त्री

शरदसिंह भण्डारी : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री

अनिल झा : खानेपानी मन्त्री

लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

विमल श्रीवास्तव : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

उमाशंकर अरगरिया : युवा तथा खेलकुद मन्त्री

चन्दा चौधरी : महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री

एकबाल मिया : वन तथा वातावरण मन्त्री

राज्यमन्त्री बन्नेहरु
जसपाबाट सरकारमा सहभागी हुने दुई राज्यमन्त्री पनि टुंगो लगाइएको छ । राज्यमन्त्री बन्नेहरुमा चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बन्ने भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV