२१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको तेस्रो र चौथो लहरको खतरा रहेको भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड तयारी गर्न आग्रह गरेको छ ।

शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

पत्राचारमा भनिएको छ, ‘दोस्रो लहजस्तै : तेस्रो र चौँथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्विकृति शैय्याको कम्तिमा २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ ।’

साथै, वैकल्पिक प्राणवायू (अक्सिजन) को व्यवस्थापनसमेत गर्न मन्त्रालयको अनुरोध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV