
काठमाडौं । प्रहरीले एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका बस्ने ३२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति बालिकाको सौतेला बुबा नाता पर्ने रहेको प्रहरीको प्रारम्भिक छानविनले देखाएको छ ।
ती पुरुषले बुधबार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।