२१ जेष्ठ २०७८, शुक्रबार
  • केदार शर्मा,

चितवन । कोरोना महामारीका कारण कामदार अभाव हुँदा नारायणगढ–मुग्लिङ सडकअन्तर्गतका पुल निर्माणको काम प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालयले काममा सहज वातावरण गराएपनि श्रमिक अभाव हुँदा समस्या भएको छ ।

१ अर्ब २८ करोड लागतमा निर्माण हुन लागेका पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले पाएको छ । उक्त कन्ट्रक्सनले ३३ महिनाभित्र सक्ने गरी २०७६ शाल चैतमा सम्झौता गरेको थियो । एउटा पुलमा २५÷३० जना कामदार आवश्यक हुन्छ तर, भनेजति कामदार नभएका कारण निर्माणको काम प्रभावित बन्न पुगेको आयोजनाको दाबी छ ।

नारायणगढ–मुग्लिङ सडकमा १८ वटा पुल छन् । हालसम्म तीनवटा सेती दोभान खोला, खहरे खोला र डुम्रे खोलाका तीन पुल निर्माणको अन्तिम चरणम रहेका छन् । बाँकी १५ मध्ये ८ वटाको काम सुरु भइसकेको र ७ वटाको डिजाइन तयार हुँदै गरेको आयोजनाका सूचना अधिकारी इन्जिनियर सविना रानाभाटको भनाइ छ ।

हालसम्म पुल निर्माणको काम ६० प्रतिशत समपन्न भएको छ । कोरोनाको डरले श्रमिक काममा आउन नमान्नुको पीडा त छदै छ तर, भारतबाट मगाइएने समानहरू आयातमा समेत उतिकै कठिनाई भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV