२० जेष्ठ २०७८, बिहीबार

इटहरी । कोरोना महामारीका कारण समस्यामा परेका दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएका विपन्न तथा असक्त परिवारका लागि नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले खाद्यान्न वितरण अभियानलाई जारी राखेका छन् ।

सभापति गुरुङले गत २ गतेदेखि भोकका कारण ‘कसैले पनि ज्यान गुमाउनु नपरोस्’ भन्ने उदेश्यका साथ खाद्यान्न वितरण अभियान सञ्चालन गर्दै आएका हुन् ।

अहिलेको विषम परिस्थितिमा सभापति गुरुङले आफ्नो घरमा आउनेहरुलाई चामल, दाल, तरकारी, नुनलगायतका खाद्यान्न वितरण गर्दै आएका छन् । साथै, आफ्नो घरसम्मसमेत आउन नसक्नेहरुका लागि उनीहरुको घरसम्म नै पु¥याउदै आएका छन् ।

सभापति गुरुङले हालसम्म ७ सय ५० विपन्न परिवारलाई खाद्यान्न राहत उपलव्ध गराइसकेका छन् ।
गुरुङले कोरोना महामारीको समयमा खाद्यान्न वितरणका साथै स्वास्थ्य सुरक्षा सामग्री वितरणलाई समेत प्राथमिकतामा राखेर कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यलाई सहयोग पु¥याउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV