२० जेष्ठ २०७८, बिहीबार

बर्दिया । बर्दियामा जेठ ३१ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले जेठ ३१ गते राति १२ बजे सम्म ११ दिनका लागि निषेधाज्ञा थप गरेको हो ।

यस पटक थप गरिएको निषेधाज्ञामा भने जिल्ला प्रशासन कार्यालयले पसल र वित्तीय संस्थान भने केही खुकुलो गर्ने निर्णय गरेको छ ।

प्रशासनले जेठ मसान्तसम्म थप गरेको निषेधाज्ञमा बिहान ७ बजे देखि ११ बजेसम्म खाद्यान्य, फलफूल र दैनिक उपभोग्यका पसल सञ्चालनको अनुमति दिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । यसअघि बिहान ६ देखि ९ बजेसम्म पसल सञ्चालन भईरहेको थियो ।

वित्तिय संस्था आइतबार, मंगलबार र बिहीबार सञ्चालन गर्न अनुमति दिइएको छ । सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यसअघि पहिलो पटक वैशाख १३ गते १९ गतेसम्म निषधाज्ञा आदेश जारी गरिएको थियो ।

दोस्रोपटक २० गतेदेखि ३१ गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएकोमा थप ११ दिन बढाइएको थियो । चौथोपटक निषेधाज्ञा बढाइए पनि कोरोना संक्रमित केही घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV