२० जेष्ठ २०७८, बिहीबार

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोना भाइरसको कुनै नयाँ भेरियन्ट पुष्टि नभएको बताएको छ ।

बेलायतको एउटा अन्तर्राष्ट्रिय पत्रिकाले नेपालमा नयाँ भाइरस फैलिएको र त्यो युरोपसम्म देखिन थालेको दाबी हित समाचार प्रकासन गरेको थियो ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा उच्च सङ्क्रमण दर देखिनु, गम्भीर संक्रमित हुनु र मृत्यु हुनेको संख्या बढ्नुको कारण भारतको डेल्टा भेरिअन्ट नै रहेको बिज्ञहरुले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरिअन्ट फेला परेको कुराबारे विश्व स्वास्थ्य सङ्गठन अवगत नभएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि अहिलेसम्म ‘भेरिअन्ट अफ कन्सर्न’ भनेर नेपालमा कोरोनाको कुनै नयाँ भेरिअन्ट देखिएको छैन । कोरोनाको सकृय भेरियन्ट पत्ता लगाउन नेपालमा पनि विश्व स्वास्थ्य संगठनकै सहयोगमा जिन सिक्वेन्सिङ परीक्षण हुँदै आएको छ ।

हालसम्म ४ सय भन्दा बढी नमुना परीक्षणमा युके, भारत र डबल म्युटेन्ट नै पुष्टि भएको ईडीसीडीले जनाएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा यूकेमा देखिएको अल्फा भेरिअन्ट र भारतमा देखिएका डेल्टा तथा कापा भेरिअन्ट पुष्टि भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV