२० जेष्ठ २०७८, बिहीबार

काठमाडौं । यूएनसीडीएफ र यूएनईएससीएपीसँग सहकार्य गरेर गल्तीले महिलाद्वारा सञ्चालित घरेलु, सानो तथा मध्यम उद्यमीहरुलाई विभिन्न प्रशिक्षणमार्फत् सशक्त र डिजिटाइज गर्दै आएको छ । महिला उद्यमीहरुलाई आर्थिक रुपमा अझ बढी शसक्त बनाउनु यस कार्यक्रममा उदेश्य रहेको छ ।

खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाले भने, “महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पु¥याउन पाउनु हाम्रो (खल्ती) लागि ठूलो सम्मानको कुरा हो । हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ ।”

उनले थप भने, “हामीले सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिङ प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि उद्यमीहरुलाई ल्याएका छौं ।’

कार्यक्रममा सहभागी महिला, स्निग्धता श्रेष्ठले भनिन्, “खल्ती, युएनसीडीएफ र युएनईएससीएपी सँग काम गर्ने अवसर पाउँदा व्यक्तिगत र व्यावसायिक दुवै रूपमा म र हाम्रो सदस्यहरुलाई धेरै नै खुशी लागेको छ । हामी, सबाह नेपाल र सबाह नेपालद्वारा संचालित “द भिलेज क्याफे” अभियानमा भाग लिन पाएकोमा कृतज्ञ छौं । वास्तवमै यस प्रशिक्षणले उद्यमीहरुलाई आफ्नो दीगो विकास सम्बन्धी व्यवहारिक ज्ञान दिएको छ ।”

यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरि धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ । यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यमबाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV