२० जेष्ठ २०७८, बिहीबार

काठमाडौं। स्थानीय बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा सुनको भाउ ४ सयले बढेको हो । बुधबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्री भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भैरहेको छ । हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य भने १५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LIVE TV