१९ जेष्ठ २०७८, बुधबार
  • कविन्द्र शेर्मा,

पाँचथर । पाँचथर जिल्लास्थित कुम्मायक गाउँपालिकामा जन प्रतिनिधिहरुले घर–घरमा पुगी फौजी किरा नष्ट गर्ने किट्नाशक औषधि वितरण गरेपछि किसानहरुले राहत महसुस गरेका छन् ।

गत बर्ष कुम्मायक गाउँपालिकामा फौजी किराले सयौं विघामा लगाएको बाली नष्ट गरेको थियो । यो बर्ष सोही अवस्था दोहोरिन नदिन १५ सय प्याकेट किट्नाशक औषधि वितरण गरिएका गाउँपालिकाले जनाएको छ ।

यसै गरि कुम्मायक ३ मा पनि करिब १ हजार प्याकेज किट्नाशक औषधि बितरण गरिएको छ । यसरी घरमै औषधि पाउँदा किसानहरु निकै खुसी भएका छन् ।

किट्नाशक औषधि वितरणको जिम्मा पाएको सिर्जनशील महिला कृषि सहकारीले किसानलाई थप औषधि आवश्यक परे २५ प्रतिशत सहुलियतमा उपलब्ध गराउने जनाएको छ ।

गत वर्ष औषधि पाउन ढिलो भएकोले बालिमा नोक्सानी खेप्नु परेको तर यो बर्ष कोरोना महामारीको बेलामा जनप्रतिनिधिहरुले घर मै पुगेर औषधि वितरण गरेको भन्दै किसानहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV