१८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । अभिनेत्री विद्या बालनको अपकमिङ फिल्म ‘शेरनी’को पोष्टरपछि टिजर पनि रिलिज भएको छ । अमित मसुरकरले निर्देशन गरेका ‘शेरनी’मा अभिनेत्री विद्या बालन मुख्य भूमिकामा छन् । फिल्ममा विद्या बालनले फरेष्ट अफिसरको भूमिका निभाएकी छन् ।

विद्या बालनको ‘शेरनी’ ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गरिनेछ । फिल्मको टिजरको सुरुवात नै एक घना जङ्गलबाट सुरु हुन्छ । ३० सेकेण्ड लामो टिजरमा अभिनेत्री विद्या बालनको एक डाइलग छ, जुन सोसल मिडियामा भाइरल बन्न थालेको छ ।

टिजरमा समावेश ‘जङ्गल जति नै ठूलो किन नहोस्, शेरनीले आफ्नो बाटो खोजेरै छाडछिन्’ डाइलगलाई सबैले मन पाइरहेका छन् । यो फिल्ममा विद्या बालनका साथमा शरद सक्सेना, मुकुल चड्ढा, विजय राज, इला अरुण, ब्रजेन्द काला र नीरज काबीलगायत मुख्य भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV