१८ जेष्ठ २०७८, मंगलवार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाएका छन्। यादवले पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाएका हुन्।

आजको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेतालाई कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने जसपा स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुर पक्ष ८ मन्त्री र दुई जना राज्यमन्त्रीसहित सरकारमा जान सहमत भएपछि यादवले कारबाही गर्ने तयारी यादवको रहेको र सोही विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्रको पक्षमा बहुमत रहेको छ ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV