१८ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । काठमाडौंको चन्द्रागिरी–१ दहचोकमा तीन सय बेडको कोभिड अस्पताल सञ्चालनमा आउने भएको छ । स्वयम्भूस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालले दहचोकमा कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

मंगलबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सञ्चालनमा आउन लागेको कोभिड अस्पतालको निरीक्षण गर्दै आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउने प्रतिबद्धता जनाए ।

स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोना संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनका लागि पूर्वाधारको बिकास गर्ने बताए । त्यस्तै उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट नै राखिने जानकारी दिए । उने देशभरका ३८ जिल्ला अस्पतालमा समेत अख्सिजन प्लान्ट राख्न बजेट पठाइसकिएको बताए ।

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले अस्पतालको माग अनुसार आईसीयूसहितको बेड तथा भेन्टिलेटरको पनि राखिने जानकारी दिए । अस्पताल सञ्चालनका लागि सबै आवश्यक पूर्वाधारको व्यवस्था गरिने उनले बताए ।

सरकारले सबै सामग्री उपलव्ध गराए एकसाताभित्रै अस्पताल सञ्चालनमा ल्याइने मनमोहन मेमोरियल शिक्षण अस्पतालका कार्यकारी निर्देशन डा धर्मदत्त सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV