१० जेष्ठ २०७८, सोमबार

काठमाडौँ । साहित्यकार डा. बानिरा गिरीको निधन भएकाे छ । उनकाे ७५ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ ।

नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिलाका रूपमा समेत चर्चित स्रष्टा गिरीकाे २० दिन अघि कोराेना संक्रमण समेत भएको थियाे । तर काेराेनाबाट निकाे भए पनि  हृदयघातका कारण नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा आइतबार राति १० बजे निधन भएकाे बताइएको छ ।

हृदयघात भएपछि सिभिल अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । पछिल्लाे उनी अल्जाइर (बिर्सने) रोगबाट पनि ग्रसित थिइन् ।

कवि/साहित्यकार गिरीका ‘एउटा जिउँदो जङ्गबहादुर’, ‘शब्दातीत शान्तनु’, ‘जीवन : थामहरू’ तथा ‘काठमाडौं काठमाडौं’ लगायत कविता संग्रहहरू प्रकाशित छन् । साथै ‘कारागार’ र ‘निर्बन्ध’ उनका उपन्यास हुन् ‘मेरो आविस्कार’ (आत्मकथा), ‘रोकिनेले आकार दिन सक्दैन’ (यात्रा संस्मरण) प्रकाशित छन् । यसैगरी उनका निबन्धहरू ‘पर्वतको अर्को नाम’ र ‘पार्वती र जंगल जंगल’ संग्रहमा समाविष्ट छन् ।

भारतको दार्जिलिङमा जन्मिएकी गिरीले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी (पिएचडी) गरेकी थिइन् । हाल उनका  उनका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV