६ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । पाँचथर जिल्लाको लब्रेकुटी पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको स्थल हो । लब्रेकुटी विशेष गरि किरात धर्मवालम्वीहरुको धार्मिक स्थलको रुपमा परीचित छ । यसलाई किरात धर्मका प्रवर्तक फल्गुनन्दको कर्मभूमिको रुपमा पनि चिन्ने गरिएकाे छ ।

लब्रेकुटीमा सामान्य अवस्थामा दैनिक सयको  हारहारीमा आन्तरिक पर्यटक आउने गर्दछन् । धार्मिक स्थल र यहाँबाट देखिने मनोरम दृष्य अवलोकनका लागि दैनिकजसो धेरै मानिसहरु आउने स्थानीय बताउछन् ।

लब्रेकुटीबाट ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा, कुम्भकर्ण हिमाल, कञ्चनजंघा र मौसम खुलेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा पनि स्पष्टसँग देखिने स्थानीय दावी गर्छन् ।

यहाँबाट तेह्रथुम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानहरूकाे दृष्यअवलाेकन गर्न सकिन्छ ।

तस्बीर : मिलिना तुम्बापो

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV