५ जेष्ठ २०७८, बुधबार

काठमाडौँ । शाओमी,ग्लोबल टेक्नोलोजी लिडरले आज मी पोर्टेबल ब्लुटुथ स्पीकर १६ वाट र स्मार्ट ब्यान्ड ६ नेपालमा लन्च गरेको छ ।

अडियो लाइनअपको लागि नयाँ थप गरिएको मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) नेपाली स्रोताहरुलाई विशिष्ट र शक्तिशाली आउटस्ट्यान्डिङ पावरफुल सराउन्ड साउन्ड विशेष रुपमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

स्मार्ट ब्यान्ड ६ ब्रान्ड वेरेबल लाइनअपमा पछिल्लो थप स्मार्टफोन एक्स एलोट स्ट्राटेजीमा निर्मित रहेको जनाइएको छ । यो एड्भान्स हेल्थ ट्रयाकिङ फिचर्सहरुले सुसज्जित रहेको, जसले ब्लड अक्सिजन लेभल, मुटुको दर ट्रयाकिङ र स्लिप ट्रयाक गर्न मद्दत गर्ने जनाइएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) को लञ्चबाट प्रशंसक र उपभोक्ताहरुलाई कुनै पनि अवरोधबिना उच्च गुणवत्ता अडियो अनुभवको स्वतन्त्रता प्रदान गर्ने बताए ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर २६०० एमएएच ब्याट्री रहेको र यो १३ घण्टासम्म चल्ने जनाइएको छ । यसको आईपीएक्स ७ वाटरप्रुफको रेटिङ रहेको र यसलाई अधिकतम एक मिटरको गहिराइमा ३० मिनेटको लागि पानीमुनि डुबाउन सकिने पनि कम्पनीले जनाएको छ । यसमा फोन उठाउनको लागि बिल्ट इन माइक्रोफोनका साथै भोइस एसिस्ट्यान्ट पनि रहेको जनाइएको छ ।

मी पोर्टेबल ब्लुटुथ स्पीकर (१६ वाट) कालो र निलो रङको भेरियन्टमा नेपाली बजारमा पाँच हजार ५०० रुपैयाँमा उपलब्ध हुने जनाइएको छ । मी स्मार्ट ब्यान्ड कालो रङ नेपाली ६ हजार रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV