४ जेष्ठ २०७८, मंगलवार
  • सुरेश भट्ट,

कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका–२ र ९ जोड्ने ब्लेक टप एण्ड डेन वर्कको सडक दुई महिनामै उप्किन थालेपछि स्थानीयले विरोध गरेका छन् ।

दुई महिनामै कालोपत्रे उप्किन थालेको र सडकको नाली स्टिमेट अनुसार निर्माण नगरेको भन्दै स्थानीयले पुनः निर्माणको माग गरेका हुन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका तराइ मधेश पूर्वाधार विकास कार्यक्रमको १ करोडको बजेटमा एमएस कन्सट्रक्सनले ४९ लाख ९४ हजार ५ सय ११ रुपैयाँमा सडक कालोपत्रे र नाली निर्माण गर्ने ठेक्का पाएको थियो ।

स्टिमेटमा ४ सय ७ मिटर लामो सडक कालोपत्रे गर्नुपर्ने र ४५ सेन्टिमिटर गहिराइको सडक नाली निर्माण गर्नुपर्ने भएतापनि सडकको नाली कुनै ठाउँ ३६ सेन्टिमिटर र कुनै ठाउँ ४० सेन्टिमिटर मात्रै निर्माण गरिएको छ ।

उप्किन थालेको कालोपत्रे सडकलाई पुनः कालोपत्रे गर्न र सडकको नालीको ४० सेन्टिमिटर गहिराइ मात्रै बनाइएकाले स्टिमेट अनुसार ४५ सेन्टिमिटरको बनाउन स्थानीयले माग गरेका छन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका सब इञ्जेनियर दान बहादुर चन्दले भने, ‘केही महिना अगाडि मात्रै निर्माण गरिएको उक्त सडक र नालीबारे स्थानीयबाट गुनासो आएपछि सडक डिभिजन कार्यालयबाट निर्माण स्थलमा नै आएर सडकको अवस्था हेर्दा सबै ठाउँमा रोलर राम्रोसँग नलागेको भेटियो । यसलाई पुनः निर्माण गर्न ठेकेदार तयार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV