४ जेष्ठ २०७८, मंगलवार

रौतहट । रौतहट प्रहरीले १० जना जुवाडेलाई जुवाको खालबाट नगद सहित पक्राउ गरेको छ । प्रहरीले ग‌एराती ८ बजे विशेष सुचनाको आधारमा गौर नगरपालिका वडा नम्बर १ स्थित सुर्य बैम्बो रेष्टुरेन्ट भित्र जुवातास खेलीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

१९ वर्षीय करण कुमार यादव, १९ वर्षीय राजाबाबु महतो, १९ वर्षीय विवेक जैसवाल, १९ वर्षीय अर्जुन कुमार बैठा , २१ वर्षीय अरुण कुमार महतो , २१ वर्षीय आशिष कुमार, २२ वर्षीय पुसपेन्द्र झा , २२ वर्षीय शिवशंकर यादव, २३ वर्षीय असलम मिक्रानी र २२ वर्षीय रेष्टुरेन्ट संचालक अभिषेक मिश्र रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता भरत श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रहरीले ६४ हजार १ सय ६५ रुपैयाँ नगद , ११ थान मोबाईल थर ३ सेट तास पनि बरामद गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । रौतहटमा निषेधाज्ञाको मौका छोपी विभिन्न गैरकानुनी कृयाकलाप पनि बढिरहेको जनगुनासो बढेसँगै प्रहरी थप सक्रियता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV