४ जेष्ठ २०७८, मंगलवार

विराटनगर । धरान र विराटनगरको अस्पतालमा १२ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका ७ का ५४ बर्षका पुरुष,विराटनगर ११ की ६४ बर्षकी महिला र सुनसरी हरिनगरा ५ का ६७ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभएको छ ।

विराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा मोरङको रंगेली नगरपालिका ५ का ४७ बर्षका पुरुष,जनकपुर ९ का ६१ बर्षका पुरुष र राजविराज ७ का ३५ बर्षका पुरुषको मृत्यु भएको सो अस्पतालका फोकल पर्सन अनुपम राजबंशीले जानकारी दिनु भयो ।

यसै गरी विराटनगर स्थित विराट शिक्षण अस्पतालमा विराटनगर १३ का ५५ बर्षका पुरुष , विराटनगर १६ की ७८ बर्षकी महिला र सप्तकोशीकी ४० बर्षकी महिलाको उपचरको क्रममा मृत्यु भएको विराट अस्पतालका इन्चार्ज सुनिल देवले जानकारी दिनु भयो ।

यसै गरी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा सुनसरी बराक्षेत्र ५ का ४५ बर्षका पुरुषको उपचरकै क्रममा मृत्यु भएको सो अस्पतालका सह प्रबक्ता चुरामणी पोखरेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV