४ जेष्ठ २०७८, मंगलवार

काठमाडौँ । नेपाली सेनाले कोभिड-१९ को संक्रमण बढेपछि अक्सिजन आपूर्तिमा सरकारलाई सहयोग गर्न ढुवानीमा जनशक्ति खटाइरहेको बताएको छ ।

अक्सिजनको माग बढिरहेको बेलामा सेनाले सरकारलाई अक्सिजन आपुर्तिमा सहयोग गर्ने भएको हो ।

सेनाद्वारा जारी विज्ञेप्तीमा उल्लेख गरिएको छ जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको सूचनामा सरकारको प्रयासमा नेपाली सेनाले कोभिड-१९ व्यवस्थापन तथा संचालन केन्द्र, जनसंख्या तथा स्वास्थ्य र गृह मन्त्रालयसँगको समन्वय र सहकार्यमा अक्सिजन प्लान्टहरूको संचालन तथा अक्सिजन सिलिन्डरको ढुवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाइ एवं सडक सवारी साधनहरुको प्रयोगमार्फत सहयोग पुर्‍याउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV