४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं । पछिल्लो समय नेपालमा पनि दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा बढिरहेको छ । नेपालमा संक्रमितको संख्या मात्रै नभई कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ ।

सरकारले संक्रमितहरुको उपचारका लागि सरकारी अस्पतालले मात्रै धान्ने अवस्था नभएपछि विभिन्न निजी अस्पतालहरुसँग पनि सम्झौता गरिरहेको छ । सम्झौता गरेको निजी अस्पतालहरुले संक्रमितहरुको उपचार गरेबापतको शुल्क सरकारले ब्यहोर्ने बताउँदै आएको छ ।

तर, सरकारसँग सम्झौता गरेका निजी अस्पतालहरुले विभिन्न बहानामा सक्रमितहरुसँग लाखौं शुल्क असुल्दै आएको पाइएको छ । जसको ज्वलन्त उदाहरणको सरकारसँग सम्झौता गरेको विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई लिन सकिन्छ ।

नोबेल शिक्षण अस्पतालले विभिन्न बहानामा शुल्क असुल्दै आएको संक्रमित विरामीहरुले गुनासो गरेका छन् । यसबारे न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘कल २४’मा रिपोर्ट समेत प्रस्तुत गरिएको छ ।

जहाँ एक संक्रमितका आफन्तले भनेका छन्, ‘नोबेल शिक्षण अस्पतालमा निःशुल्क उपचार हुन्छ भनेर आएको तर, अस्पतालले सबै सामान किन्न लगाउने गरेको छ ।’

यसैबीच अस्पतालका प्रबन्धक नारायण दाहालले पनि सरकारसँग सम्झौता गरे अनुसार उपचारमा कठिन हुने भएकाले संक्रमतिहरुलाई नै पीपीई र औषधिलागतय किन्न लगाउने गरेको स्वीकारेका छन् ।

तर, जिल्ला प्रशासन कार्यालय मोरङले भने सरकारसँग सम्झौता गरेका अस्पतालहरुले निःशुल्क उपचार गर्नुपर्ने र संक्रमितसँग शुल्क लिएको पाइएमा अनुगमन गरेर कारवाही गरिने दाबी गर्दै आएको छ ।

कार्यक्रमको बाँकी रिपोर्ट भिडियोमा हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्

LIVE TV