४ जेष्ठ २०७८, मंगलवार

एजेन्सी । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले परस्त्रीसँगको अफेयरका कारण माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिएको बताइएको छ ।

वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार सन् २०१९ मा बिल गेट्सले माइक्रोसफ्टको बोर्डबाट राजीनामा दिनुको कारण थियो उनको परस्त्रीसँगको अफेयर रहेको उल्खेल छ ।

२७ वर्षे वैवाहिक सम्बन्धलाई पूर्णविराम लगाएका बिल गेट्स र मेलिन्डा गेट्सबीच के कारणले सम्बन्धविच्छेद गरेको भनेर खुलाएका छैनन्। तर यतिबेला उनीहरुले सम्बन्धविच्छेद गर्नुको कारणको छनक दिने रिपोर्ट सार्वजनिक भएको छ।

यो रिपोर्टसँगै परस्त्रीसँगको अफेयरका कारण बिल र मेलिन्डाको सम्बन्धविच्छेद भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV