२ जेष्ठ २०७८, आईतवार

काठमाडौं । पोको, इन्डस्ट्री रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्डले नेपालमा पोको एफ १ को पर्फमेन्स लेगेसीलाई ध्यानमा राखेर लेटेस्ट स्मार्टफोन पोको एक्स ३ प्रो को लन्च गरेको छ ।

योङ्ग टेक र गेमिङ्ग इन्थुजियास्टका लागि टेलर मेड लन्च गरिएको स्मार्टफोनले स्मार्टफोनको एक्सपेरियन्सलाई अन्बिलिभेब्ली फ्लुइड र पावरफूल बनाएर परिभाषित गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “पोकोमा हामी हाम्रो उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृष्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पर्फमेन्स च्याम्पियन बन्न सफल भएको छ ।”

उनले थप भने, “प्रदर्शन लेगेसीलाई अगाडि बढाउँदै र जनवादीकरणको विश्वास अनुरुप बजारमा हामीले हाम्रो प्रयोगकर्ताहरुलाई हाम्रो फ्ल्यागशीप सिरिजबाट पोको एक्स ३ प्रोको प्रस्तुत गरेका छौ । यो स्मार्टफोनको लन्चको साथ हामी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली रु ४०,००० मा भित्राउँदै छौँ ।’

उनले फेरि भने, ‘फ्ल्यागशीप क्वालकम स्न्यापड्रागन ८६० द्वारा संचालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरु र प्रदर्शनहरु देखाउँछ जुन अहिले सम्म यस खण्डमा पहिले कहिल्यै देखिएको छैन ।

गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको एक उत्तम संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विडकुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ र कहिल्यै नसक्किने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठूलो ब्याट्री रहेको छ । हामी यो स्मार्टफोनलाई भित्राउन पाउँदा निकै खुसी छौँ र हाम्रो प्रशंसकहरुको प्रतिव्रिmयाको प्रतिक्षा गर्नेछौँ ।”

पोको एफ १ को पावर र पर्फमेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशीप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ जसले उत्कृष्ट पीक ३प्रोफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रीक्वेन्सीको प्रदान गर्दछ ।

शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेम्सहरु रन हुन्छ । एनटुटु स्कोर ४९१००० प्लसका साथ उपलब्ध पोको एक्स ३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र ३प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ्ग हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV