३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं । शाओमीले नेपालमा ‘रेड्मी नोट–१० प्रो’ लन्च गरेको छ । ‘रेड्मी नोट–१० प्रो’ बेस्ट–इन–क्लास फिचर्सहरु १०८ एमपी क्यामेरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन टीएम ७३२ जी, ईभोल डिजाइनका साथ लञ्च भएको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले भने, “देशमा पहिलो रेड्मी नोटको शुरु भएदेखि नै नोट सिरिजले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको छ । जसमा हाम्रा उपकरणहरुमध्ये प्रिमियम मूल्य क्षेत्रमा डि–फ्याक्टो विकल्पको रुपमा परिणत भएका छन् ।

रेड्मी नोट सिरिजको हाम्रो १० औँ जेनेरेसनको प्रषेपणका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक व्रmान्तिकारी परिवर्तन ल्याएको छौ ।”

उनले थप भने, “रेडमी नोट १० को सुविधारु जस्तै १०८ एमपी क्यामेरा, १२० हर्ट्जको रिफ्रेस–रेट एमोलेड टेक्नोलोजीका साथ प्रदर्शन, नवीनतम क्वालकम स्न्यापड्रागन प्रोसेसर र अधिककासाथ हामी टेक्नोलोजी प्रजातान्त्रिकरण गर्दैछौँ ।

यी उपकरणहरुले (क) बेस्ट स्पेक्स (ख) हाईयेस्ट क्यवालिटी र (ग) अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई व्यक्तिगत गरेको छ । हामी विश्वस्त छौँ कि यी उपकरणहरुले उद्योगमा केही नयाँ बेन्चमार्कहरु सेट गर्ने छ ।”

रेड्मी नोट १० प्रोः १२० हटर््ज सुपर एमोलेड १०८ एमपी क्वाड क्यामेरा

रेडमी नोट १० प्रो एक क्वाड क्यामेरा सेटअपको साथ आउँछ, जसमा १०८ एमपी प्राइमरी क्यामेरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याव्रmो र २ एमपी डेप्थ सेन्सर उपलब्ध छ ।

फ्रन्ट क्यामेरा १६ एमपीको डिस्प्ले क्यामेरा हो, जसमा सानो पञ्च होल बनाइएको छ र यसको व्यास मात्र २.९६ मिलिमिटर रहेको छ ।

भर्सटाइलः १०८ एमपी क्वाड क्यामेरा एरे

रेड्मी नोट १० प्रो मा १०८ एमपीको प्राइमरी क्यामेराको सुविधा रहेको छ । रेडमी नोट १० प्रोमा लेटेस्ट १०८ एमपी सामसुङ्ग आइसोसेल एचएम २ क्यामेरा सेन्सर रहेको छ जसले उत्कृष्ट क्यामेरा क्षमताहरुको प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो । यस स्मार्टफोन अघिल्लो जेनेरेशन भन्दा यो १५ प्रतिशतले पातलो छ । आइसोसेल प्लस र स्मार्ट–आईएसओ टेक्नोलोजीहरुले व्यापक डाइनामिक रेन्ज र अप्टिमल एक्सपोजरहरु प्रदान गर्दछ ।

यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको छ, जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सको लागि ठूलो २.१ माइव्रmोमिटरको पिक्सेल साइज प्रदान गर्दछ।

५ एमपी सुपर म्याक्रो

म्याक्रो क्यामेराको एक्सपेरियन्सलाई अर्को चरणमा लैजाँदै, रेडमी नोट १० मा ५ एमपी सुपर म्याव्रmो क्यामेरा सेन्सरको सुविधा रहेको छ । सुपर म्याक्रो लेन्स म्याक्रो लेन्समा इन्टिग्रेट गरिएको एक टेलीफोटो लेन्स हो ।

८ एमपी अल्ट्रा वाइड

रेड्मी नोट १० प्रो मा ८ एमपीको अल्ट्रा वाइड सेन्सर पनि छ, जसले उपभोक्ताहरुलाई अविश्वसनीय अल्ट्रा वाइट शटहरु ११८ डिग्रीसम्मको पर्फेक्ट फिल्ड अफ भ्यू हेर्नको लागि मद्दत गर्दछ । २ एमपी सेन्सरले व्रिmस्प बोकेह शटहरु लिन सजिलो बनाउँछ ।

सफ्टवेयर एआई एल्गोरिदमहरुलाई लाइफ इमेजहरु र एक्सेपसनल भिडियो क्वालिटी प्रदान गर्नका लागि ट्यून गरिएको छ । मीयूआई क्यामेरालाई नयाँ युगको सोसियल मिडिया व्रिmएटसर्सहरुका लागि हुने गरि बनाइएको छ ।

यसमा विशेष सुविधाहरु छ जस्तै नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडहरु जसले व्रिmएटर्सहरुलाई बेसिक स्मार्टफोन फोटोग्राफी बाहेक अन्य कार्यका लागि प्रयोग गर्न सहज बनाउँछ । यसमा उच्च गुणवत्ताको सेल्फीहरु, भिडियोग्राफी र फेस अनलकको लागि १६ एमपीको फ्रन्ट क्यामेरा पनि रहेको छ ।

भाइब्रेन्टः सुपर एमोलेड डिस्प्ले

रेडमी नोट १० प्रोमा १६.९ सेन्टिमिटर(६.६७)फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस, १२० हटर््जको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट र एचडीआर १० सपोर्टको प्रदर्शन रहेको छ, जसले स्मार्टफोन इन्डस्ट्रिमा यसलाई बेस्ट डिस्प्लेको रुपमा फिचर गरेको छ ।

सुपर स्मुथः १२० हट्र्ज रिफ्रेस रेट

सुपर एमोलेड प्यानेलले १२० हट्र्जको रिफ्रेस रेटको प्रदान गर्दछ जसले पहिले रेडमी स्मार्टफोनमा कहिल्यै नदेखिएको भाइब्रेन्ट, स्मूथ र इन्ट्युटिभ एक्सपेरियन्सको प्रदान गर्दछ । १२० हर्टर्ज रिफ्रेस रेटले यो सुनिश्चित गर्दछ कि उच्च एफपीएसको साथ खेलहरु सहज रुपमा रेडमी नोट १० प्रोमा चलोस् ।

सुपर ब्राइटः१२०० निट्स

सुपर एमोलेड प्यानेल १२०० निट्सको पिक ब्राइटनेसको साथ आउँछ जसलाई उद्योगकै सबैभन्दा उत्कृष्ट मानिन्छ । १२० हट्र्जको सुपर एमोलेड डिस्प्ले र १२०० निट्सको पिक ब्राइटनेसको साथ रेडमी नोट १० प्रोले मिड–प्रीमियम र फ्ल्यागशिप स्मार्टफोनको बिचको दूरीमा ब्रिज ल्याउँछ जसले डिस्प्लेले फ्ल्यागशिपलाई प्रतिद्वन्दि गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV