३० बैशाख २०७८, बिहीबार

काठमाडौँ। नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना माग सम्बोधनका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज चार बजेसम्मको अल्टिमेटम दिएको छ ।

४ बजेसम्ममा आफ्ना मागमा सहमति नभए संसदहरुको सामूहिक राजीनामा दिने नेपाल पक्षको भनाइ छ ।

तर, नेपाल पक्षले भने २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ । नेपाल पक्षका एक नेताका अनुसार आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा दिने निर्ण गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने नेपाल समूहको तयारी रहेको छ । पार्टीलाई २०७५ जेठ २ गतेमा फर्काउने सहमति भएपछि हामी अन्य विषयमा छलफल गर्ने सो समुहको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV