२४ बैशाख २०७८, शुक्रबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स । पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले नेपाली कला र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रवासबाट मिडियाले महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

पोल्याण्डबाट प्रकाशित पीएन टीभी न्यूजको बार्षिकोत्सवमा बोल्दै केन्द्रीय महासचिव पुरीले प्रवासमा रहेको शीप तथा कला संकृति स्वदेशमा पनि देखाउन अनुरोध गरेका छन् ।

त्यस्तै, उनले विविध कारण विदेशिनु परेको तीतो यथार्थता औंल्याउदै स्वदेशमा जानेको र सिकेको पत्रकारिता विदेशमा पनि संगठित भएर पत्रकारिता विकासमा योगदान दिएको भन्दै खुशी ब्यक्त गरे । प्रवासका पत्रकारहरु एकीकृत भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै जुटेर अगाडि बढ्न आग्रह पनि गरे ।

यसैबीच उनले नेपालमा पत्रकारहरु विस्थापित हुनुमा सरकारको लापरवाही, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रतामा अंकुश लगाउनुलगायतका क्रियाकलापले प्राथमिकता पाएको उल्लेख गरे ।

पछिल्लो समय पत्रकारहरुको दैनिकीमा कोरोना महामारीका कारण मिडियाहाउसबाट तलब सुबिधाबाट बन्चित हुनुपरेकाले प्रवासबाट शाखाहरुसँग सहकार्य गर्दै मानवीय सम्बेदनशीलतामा ध्यान दिन पनि उनको आग्रह छ ।

त्यस्तै, उनले कोरोनाबाट ६ सय बढी पत्रकारहरु संक्रमित भएको जानकारी गराए । त्यस्तै, ७ जना पत्रकारहरुको कोरोनाबाट मृत्यु भइसकेको पनि उनले बताए ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमलाई अनिल पौडेलले सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा महासचिब पुरी तथा केन्द्रीय सदस्यहरु रिंकु कुमारी मिश्र, सन्चु कुमारी ब्लोन तामाङ र गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माको विशेष उपस्थिति रहेको थियो ।

त्यस्तै, सो कार्यक्रममा बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगर, युरोप शाखाका निवर्तमान अध्यक्ष केजिन राई, वर्तमान अध्यक्ष प्रेम परियार, महासचिब द्रोण रिजाल, महासंघ युरोप शाखाका पदाधिकारीहरु, स्वास्थ्य अभियन्ता डा बोधराज पोख्रेल, पर्यटनदूत डा उदयदेव आचार्य, पत्रकार महासंघ गण्डक शाखाका अध्यक्ष नारायण शर्मा, एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा, पानी अभियन्ता मित्रलाल पार्दे, एनआरएन स्पेनका उपाध्यक्ष उत्तर राई, नेपाल पत्रकार महासंघ युरोपभित्र रहेका विभिन्न अनलाइनका सम्पादकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV