२१ बैशाख २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार बुधबार फस्ट आवरमा हामी औपचारिक रूपमा समर्थन फिर्ता लिन्छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV