२१ बैशाख २०७८, मंगलवार

विराटनगर । विराटनगरमा ३९ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर स्थित कोशी कोभिड १९ उपचार केन्द्रमा विराटनवर १३ का ३९ बर्षका पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

वैशाख २० गते आइसियुमा भर्ना गरिएको उनको उपचारको क्रममा २१ गते मृत्यु भएको उपचार केन्द्रले जनाएको छ । कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई सार्स फेर्न समस्या भएपछि अस्पताल ल्याइएको थियो ।

उच्च रक्तचाप भएका उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो अक्सिजनको लेवल नवढेपछि उनको उपचारकै क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV