२१ बैशाख २०७८, मंगलवार

भक्तपुर । भक्तपुरमा डेरागरी बस्ने एकैपरिवारका तीन जना अचेत अवस्थामा भेटिएका छन् ।

एक जनाको उपचारका क्रममा मृत्यु भएको हा । प्रहरीका अनुसार सोमबार राति काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई हाल सुर्यबिनायक नगरपालिका १० मिलनचोकमा डेरा गरी बस्ने तीनजना अचेत फेला परेका थिए।

तीमध्ये २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ। उनकी आमा ४० वर्षीया शान्तीमाया ब्लोन र १८ वर्षीया छारी अनिता तामाङ बेहास् छन्।

अचेत अवस्थामा उद्धार गरिएका तिनै जनालाई उपचारका लागि मध्यपुर अस्पताल थिमिमा लगेको र सुनिता तामाङको मृत्यु भईसकेको र शान्तीमाया ब्लोन र अनिता तामाङको मध्यपुर अस्पतालमा उपचार भईरहेको पनि परिसर भक्तपुरले जनाएको छ ।

घटनास्थलको प्रकृति, घाईतेको अवस्था र सोधपुछबाट कोठाका सम्पूर्ण झ्यालढोका बन्द गरी बैपाख १९ गते सुत्केरी भएकी अनिता तामाङलाई सेकताप गर्न मकलमा कोईला बालेको कारण अक्सिजनको कमीले गर्दा निस्सासिएर उक्त घट्ना भएको हुन सक्ने देखिएको र अन्य आवश्यक अनुसन्धान कार्य मईरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी दिपक गिरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV